कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एमालेको विधान महाधिवेशन सर्‍यो

काठमाडौँ — एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।

एमालेको विधान महाधिवेशन सर्‍यो

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो ।

विधान महाधिवेशन काठमाडौंमा हुने छ । त्यसको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी बैठक बस्ने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । स्थायी समितिमा ती प्रतिवेदनमाथि छलफल गरी प्राप्त सुझावहरुलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने छ । केन्द्रीय कमिटी बैठकमा छलफल गरी ती दस्तावेजहरु विधान महाधिवेशनमा पेस गरिने सचिव भट्टराईले जनाए ।

प्रकाशित : भाद्र २६, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?