कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विधान महाधिवेशनबारे छलफलमा जुटे ओलीसहितका एमाले नेता

कान्तिपुर संवाददाता

काठमाडौँ — विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक सुरु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार मध्याह्न सुरु भएको अनौपचारिक बैठकमा स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्य सहभागी छन् ।

विधान महाधिवेशनबारे छलफलमा जुटे ओलीसहितका एमाले नेता

एमालेले भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । त्यसको तयारीका लागि आइतबार बसेको स्थायी कमिटीको बैठकले चारवटा कार्यदल र त्यसका संयोजक पनि टुंगो लगाएको थियो ।

राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओली, संगठनात्मक प्रस्तावका लागि महासचिव ईश्वर पोखरेल, विधान संशोधन मस्यौदा कार्यदलको संयोजकत्वमा विष्णु पौडेल र विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजकमा रामबहादुर थापा छन् ।

एमालेले विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने निर्णय पनि गरेको थियो।

प्रकाशित : श्रावण २२, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?