कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
कोरोना अपडेट

थपिए १ हजार ५२३ कोरोना संक्रमित, १ हजार ७८६ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ५२३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ५२३ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६२ हजार ६४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए १ हजार ५२३ कोरोना संक्रमित, १ हजार ७८६ संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार १०५ परीक्षणबाट १४१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार २२२ परीक्षणमा १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७५० पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।

प्रकाशित : भाद्र १५, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×