थपिए १ हजार २१४ कोरोना संक्रमित, २ हजार २६० संक्रमणमुक्त

भाद्र १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार २१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा आइतबार थप १ हजार २१४ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५९ हजार २२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ३८ परीक्षणबाट १७४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार २९७ परीक्षणमा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७१४ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully