थपिए १ हजार ५१६ कोरोना संक्रमित, २७ जनाको मृत्यु

भाद्र १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ५१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा शनिबार थप १ हजार ५१६ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७६७ परीक्षणबाट ३४१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १७६ परीक्षणमा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९० पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully