कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, थपिए २ हजार ४७३ नयाँ संक्रमित

श्रावण २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार २१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ४७३ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६५६ परीक्षणबाट ७ सय ८७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ४६२ परीक्षणमा ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully