२४ घण्टामा ३ हजार ७ मा कोरोना पुष्टि, २ हजार १२ जना संक्रमणमुक्त

श्रावण २१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा बिहीबार थप ३ हजार ७ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ५३८ परीक्षणबाट ९३१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १८ हजार ४०८ परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९९४ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully