कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

परीक्षाअघि कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन सरकारलाई शिक्षा समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको हो ।

परीक्षाअघि कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन सरकारलाई शिक्षा समितिको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले भनिन्, '४ लाख विद्यार्थी छन् । उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ । साउन ३१ गतेबाट परीक्षा हुने भएकाले अझै समय छ ।' बढी विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न कठिनाइ हुने अवस्थामा केन्द्रको संख्या बढाउन पनि सरकारलाई समितिले सुझाव दिएको छ ।

कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका विद्यालय संख्या १ हजार , ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३ सय , १ सयभन्दा कम विद्यार्थी भएका विद्यालय संख्या ३ हजार ४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका संख्या विद्यालय ८९ रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । कोरोना महामारीका कारण यसपटक होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने व्यवस्था गरिएको छ । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो । जेठमा हुने कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी परीक्षाको प्रतिक्षामा छन् ।

प्रकाशित : श्रावण १३, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?