२४ घण्टामा २ हजार ३९१ मा कोरोना पुष्टि, १ हजार ६८६ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३९१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षणमा सोमबार थप २ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा २ हजार ३९१ मा कोरोना पुष्टि, १ हजार ६८६ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ३२ परीक्षणबाट १ हजार ३० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार २७२ परीक्षणमा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७३८ पुगेको छ ।

प्रकाशित : श्रावण ११, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?