कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा १ हजार ६९० कोरोना पुष्टि, थप १८ को मृत्यु

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ६९० कोरोना पुष्टि, थप १८ को मृत्यु

३ हजार ८९५ एन्टिजेन परीक्षणमा ६८० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।


नेपालमा कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

प्रकाशित : असार २८, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?