३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाढीपहिरो प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग

प्राकृतिक विपत्तिको सामना गर्ने पूर्वतयारी नगर्नु गैर जिम्मेवार : पाँच दल

काठमाडौँ — विपक्षी गठबन्धनले बाढी, पहिरोबाट पीडित जनताको उद्धार तथा राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान गरेका छन् ।

बाढीपहिरो प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

नेताहरुले बाढी–पहिरोबाट प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । ‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं ।’

प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी सरकारले गैर जिम्मेवारपन देखाएको गठबन्धनको ठहर छ ।

प्रकाशित : असार ३, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?