कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थप ३ हजार ३७० मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ९५१ जना संक्रमणमुक्त

काठमाडौँ — २४ घण्टामा देशभर ३ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० जनामा कोरोना पुष्टि भएको हो ।

थप ३ हजार ३७० मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ९५१ जना संक्रमणमुक्त

यसैगरी, ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ पुगेको छ । क्वारेन्टाइनमा ७१८ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?