तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोसी, नारायणी, राप्तीलगायतका पुललाई आकर्षक सिग्नेचर पुलले विस्थापित गरिने उनले बताए ।
सरकाले काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ ।
यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ भने हुम्लाको सिमकोटलाई आगामी वर्ष राष्ट्रिय राजमार्गसँग जोडिने सरकारले जनाएको छ ।
