१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनावको मिति तोकेपछि आगामी रणनीतिबारे छलफल गर्न सर्वदलीय बैठक बस्ने भएको छ ।

बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक बस्दै

नयाँ बानेश्वरस्थित संसद् भवनमा शनिबार बिहान ११ बजेदेखि सर्वदलीय बैठक सुरु हुने नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी हुने महतले बताए ।

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?