काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौंमा १५ सय ६७ सहित उपत्यकामा १९ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकमा उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १९ सय १२ जना संक्रमित फेला परेको हो । जसमा काठमाडौंमा १५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् ।
