बाँकेमा एक साता निषेधाज्ञा

वैशाख १२, २०७८

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

अर्को सूचना जारी नहुँदासम्म  निषेधाज्ञा कायमै रहने छ । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

 

नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । 

कोरोना भाइरस

ठाकुरसिंह

Link copied successfully