२४ घण्टामा नेपालमा थपिए ३ हजार ३२ कोरोना संक्रमित

वैशाख १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जना संक्रमित फेला परेका हुन् । त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ । 

२४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ एन्टिजेन विधिबाट भएको परीक्षणमा ३ हजार १ सय २२ जना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully