१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरे : ओली

'पुष्पकमल दाहालले मविरुद्ध कुप्रचार गरे'

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरेको बताएका छन् । 

कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरे : ओली

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी १०औं महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले कर्णालीमा माधव नेपालले बेइमानी गरेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कर्णाली प्रदेशमा नेपालपक्षका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । यस्तै, बैठकमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध कुप्रचार गरेको पनि बताएका छन् ।

प्रकाशित : वैशाख ६, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?