कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको दसौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौँ — सत्तारूढ नेकपा एमालेको दसौँ आयोजक कमिटीको पहिलो बैठक बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । 

एमालेको दसौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

नेता बस्नेतका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस, नेताहरुको कार्यविभाजन, संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावमाथि छलफल हुनेछ ।

तर, बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । नेता बेदुराम भुसालले आफूहरु बैठकमा सहभागी नहुने जानकारी दिए । महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने भुसालले बताए ।

नेपाल समूह फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकतर्फी रुपमा ओलीपक्षको बैठकले गरेका निर्णय कार्यान्वय बदरको माग गर्दै देशभर समानान्तर कमिटी बनाएको छ । यस्तै, पार्टीको आधिकारिकता दाबी गर्दै नेपाल समूह आइतबार ८८ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?