कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्तिपछि शपथ आजै 

काठमाडौँ — सांसद पद खारेज भएका चार मन्त्रीले पुनर्नियुक्ति भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् ।

सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्तिपछि शपथ आजै 

नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबार ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो । नेकपा नाम भने अदालतले ऋषि कट्टेललाई दिएको थियो ।

त्यसपछि ब्युँतिएका एमाले र माओवादी सांसद विगतमा जुन पार्टीबाट जितेका हुन् त्यतैतिर लागेका थिए । भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेतिर लागेका थिए । भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

माओवादी संसदीय दलका नेता पुष्पकलम दाहालले संसद् सचिवालयलाई पत्र लेखेर यी चार सांसदले दल त्याग गरेको सूचना दिएका थिए । उक्त सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा वाचन गरेर जानकारी गरेर जानकारी दिएका थिए । सभामुखले संसद् बैठकलाई दिएको उक्त जानकारीसँगै चारैजनाको सांसद पद बिहीबार मात्रै खारेज भएको थियो । ।

मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : चैत्र २७, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?