२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोना खोप सहज बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड– १९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

कोरोना खोप सहज बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

समितिको मंगलबारको बैठकमा कोभिड– १९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिलेसम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिश्चितता गर्नेगरी थप कार्य गर्न निर्देशन दिएकी हुन् ।

कोभिड– १९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिश्चितता गर्नसमेत समितिले निर्देशन दिएको छ । यस्तै कोरोनाको दोस्रो लहर आउने देखिएकाले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

अस्पतालहरूमा दक्ष जनशक्ति व्यवास्थापन गर्न विशेष जोड दिएर अगाडि बढ्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । यस्तै कोरोना र कोरोना बाहेकका बिरामीहरुको उपचार गर्ने विषयमा अहिलेदेखि नै योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्ने गरी अस्पतालहरू तोक्न पनि समितिले सरकारलाई भनेको छ । साथै पीसीआर परीक्षणको रिपोर्ट समयमै उपलब्ध गराउनेतर्फ गम्भीर बन्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यसबाहेक दोस्रो चरणको कोभिडबाट बच्न जनचेतनाका कार्यक्रमहरू लागू गर्न र सरकारी निकायहरूबीच आवश्यक समन्वय गर्ने क्रम बढाइ व्यवस्थित गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र २४, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?