राष्ट्रिय सभामा एमालेको दलको नेतामा सुमनराज प्याकुरेल मनोनीत

चैत्र १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनीत गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार एमाले संघीय संसदीय दलको विधान २०७७ को दफा ६ को उपदफा (क) बमोजिम प्याकुरेललाई राष्ट्रियसभा दलको नेतामा मनोनीत गरेका हुन् । यसअघि नेकपा हुँदा माओवादी केन्द्रको तर्फबाट दीननाथ शर्मा दलको नेता थिए ।

प्याकुरेल राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा प्रदेश २ बाट निर्वाचित भएका थिए । उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

एमाले

कान्तिपुर

Link copied successfully