कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले सोधेको स्पष्टिकरणले हामी तर्सेका छैनौं : माधव नेपाल

'पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं '

काठमाडौँ — एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको बताएका छन् । मंगलबार नेपाल पक्षको आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले  काठमाडौं आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीसँग आत्मसमर्पण पनि नगर्ने बताए । 

ओलीले सोधेको स्पष्टिकरणले हामी तर्सेका छैनौं : माधव नेपाल

पर्टीकै एक नेताले ओलीसँग मिल्न उनले जे–जे भन्नछन् सहेर बस्न सुझाव दिएको प्रसंग निकाल्दै नेपालले भने, ‘के त्यहि बाटोमा हामी जाने हो ? घुँडा टेक्ने बाटोमा हामी जाने हो ? आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मञ्जुर छैन । त्यसकारण केपी ओलीको कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं ।’

केही मिडियाले नेपाल अलमलमा परेको भन्ने समाचार लेखेको भन्दै उनले आफू कुनै दुविधामा नभएको बताए । ‘माधव नेपाल कहिलै अलमलमा, दुविधामा छैन । चुनौतीको सामना गर्दै जान्छौं । कस्ता कस्ता चुनौती आए केपी ओली...। केपीओलीसँग लड्ने कुनै ठूलो कुरा हैन । यिनीहरुका दुई दिनका चुरुफुरी प्रधानमन्त्रीको पदमा बस्दामात्रै हो । पर्सीबाट उनी सडकमा उत्रने छन् । केपी ओली प्रवृत्तिको हावा खुस्किने छ ।’

ओली पक्षले सोधेको स्पष्टिकरणले आफूहरु मैदान छाडेर नभाग्ने र पार्टी पनि नफुटाउने उनले बताए । ‘एक जनाले भन्नु भयो, कमरेड मञ्चमा बस्दा अनुहार अलि उज्यालो बनाउनुस् न, मुसुक्क हाँस्ने गर्नुस् न । हाँस्ने प्रयत्न गर्दै थिए । यस्तो नपरोस् कि हामी तर्सेका छौं केपी ओलीको कथित स्पष्टिकरणबाट तर्सेका छैनौं ।’

ओली पार्टी विभाजन गर्ने पक्षमा रहे पनि आफू एकताकै पक्षमा रहेको नेता नेपालको दाबी छ । ‘हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी फुटाउने छैनौं । पार्टी फुटाउने केपी ओली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । हामी एकताको पक्षमा छौं,’ नेपाले भने ।

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको नेपालको भनाइ छ । अहिले ओलीसँगको लडाइँ पदका लागि नभएको उनले बताए । ‘केपी ओलीमा व्यक्तिवादी प्रवृत्ति छ । हाम्रो सामूहिकतावादी प्रवृत्ति छ । आफूलाई केन्द्रमा राखेर चल्ने प्रवृत्ति उनको छ । हामी संगठनलाई केन्द्रमा राख्छौं,’ उनले भने, ‘कतिपयलाई थाहा छैन विवादको कारण । कतै पदको हानथाप त हैन, व्यक्तिका अहंकारवादी क्रियाकलाप त हैनन् । अहिले पदको लडाइँ हैन । केपी ओली प्रवृत्तिको हो ।’ ओलीले २०५१ देखि नै गुटबन्दी सुरु गरेको उनको आरोप छ ।

प्रकाशित : चैत्र १०, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?