कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको छ । 

मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जानकारी दिए ।

'आज बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ,' अधिकारीले भने ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो ।


प्रकाशित : फाल्गुन २८, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?