१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सर्वोच्चको फैसलाले राजनीति ट्रयाकमा आयो, व्यवस्थाप्रति भरोसा जगायो : गगन थापा

'संविधान मिच्ने अपराध गर्नेहरुले उन्मुक्ति पाउनु हुँदैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले राजनीतिलाई ट्रयाकमा ल्याइदिएको बताएका छन् । इकान्तिपुरसँग कुरा गर्दै थापाले भने, 'सर्वोच्च अदालतको निर्णयले राजनीतिमात्रै ट्रयाकमा फर्किएको छैन व्यवस्थाप्रतिकै भरोसा जगाइदिएको छ ।'

सर्वोच्चको फैसलाले राजनीति ट्रयाकमा आयो, व्यवस्थाप्रति भरोसा जगायो : गगन थापा

'यो संविधानको पालना र कार्यान्वयन गर्ने जिम्मा पाएको कार्यकारी चुक्दा र राष्ट्रपतिले त्यसलाई सच्च्याउने आफ्नो जिम्मेवरी वहन गर्न चुक्दा संविधानमाथि आघात भएको थियो । सर्वोच्चले आफ्नो दायित्व निर्वाह गर्दा संविधानको जित भएको छ,' थापाले भने ।

उनले सर्वोच्चको यो आदेशले अब आउने प्रधानमन्त्रीलाई पनि स्वेच्छाचारी बन्न रोक्ने बताए ।

उनले बल संसदमा फर्किएको भन्दै दलहरुले अब देशलाई सुझबुझ पूर्णरुपले अघि लैजानुपर्ने बताए । 'साथै संविधान उल्लंघन गर्ने अपराधीले उन्मुक्ति पाउनु हुँदैन । राष्ट्रपतिले पनि दायीत्व निर्वाह गर्न असक्षम भएको भनेर यति धेरै प्रश्न आए त्यसलाई पनि सहजतापूर्वक बिर्सन सकिदैन,' थापाले भने ।

प्रकाशित : फाल्गुन ११, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?