अस्पतालबाट बाबुरामको ट्विट- 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो'

फाल्गुन ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको' बताएका हुन् । 

उनले भनेका छन्,'कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !'

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully