कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्तले बुझे भागरथीको शव

तृप्ति शाही

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीको  दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भागरथीका आफन्तले शुक्रबार शव बुझेका छन् ।

आफन्तले बुझे भागरथीको शव

माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका उनको शव भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।

यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो । अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले दाबी गरेको छ । आफन्त भएकैले यो घटनामा अरूको पनि स‌ंलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।

अहिलेसम्मको प्रहरीका प्रमाण र अभियुक्तले दिएको बयानमा अहिलेको अभियुक्त दोषी देखिएकाले शव बुझेको मृतकका काका शिवराज भट्टले बताए । अबको अनुसन्धान पनि निष्पक्ष हुनुपर्ने उनले बताए । प्रशासनसँगको सहमतिमा शव बुझेर महाकाली नदीमा दाहसंस्कारको तयारी गरिएको पनि उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?