कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीद्वारा राय दिन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीले आफ्नो धारणा राख्न सुरु गरेको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीद्वारा राय दिन सुरु

सोमबार रिट निवेदकको जवाफ सकिएपछि मंगलबारबाट अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो राय राख्न सुरु गरेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले एमीकस क्युरी गठन गर्ने फैसला गरेको थियो । जसमा नेपाल बारको तर्फबाट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीमा चयन भएका थिए ।

नेपाल बार एसोसियसनको तर्फबाट एमीकस क्युरीमा रहेका कानुन व्यवसायी बद्रीबहादुर कार्कीले राय दिन सुरु गरेका छन् ।

प्रधानन्यायाधीश जबराले समयको ख्याल गरेर आफ्नो राय दिन अनुरोध गरेका छन् । समयको चाप रहेको भन्दै समय छोटो गरिदिन उनले आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबार एमिकस क्युरीको पालो आएको हो । उनीहरूको सुनुवाइसमेत सकिएपछि सर्वोच्च अदालतले विघटनको मुद्दामा निर्णय सुनाउने मिति तोक्नेछ ।

प्रकाशित : फाल्गुन ४, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?