कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १२२ जनामा संक्रमण, १ जनाको मृत्यु

फाल्गुन ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । 

त्यस्तै सोमबार थप १ सय २२ जनामा कोरोना पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा वाग्मतीमा ९२, गण्डकीमा २२, लुम्बिनीमा ४, प्रदेश १ मा २ र प्रदेश २ र सुदूरपश्चिममा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । नेपालमा अहिले १ हजार ५ सय ८१ सक्रिय केस रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ नमुनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म देशभर २१ लाख १२ हजार ५ सय ९१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना पुष्टि भएकामध्ये २ लाख ६९ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा ६०, ललितपुरमा १० र भक्तपुरमा ३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या १ लाख २७ हजार ६ सय ५ पुगेको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०२ छ भने ललितपुर र भक्तपुरमा क्रमश: १६३ र ११५ रहेको छ । 

कान्तिपुर

Link copied successfully