काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ ।
यस्तै, २४ घण्टामा १ सय ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा २ लाख ६९ हजार ६० जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १६ सय ४ जना रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहनेको संख्या ७९ छ । यस्तै, हालसम्म २१ लाख १७ हजार ५० पीसीआर परीक्षण भएका छन् ।
