२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारीमा प्रहरी

काठमाडौँ — प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारी गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर बिहीबार दिउँसो पक्राउ परेकी झाँक्रीलाई आजै छाडिने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ । 

रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारीमा प्रहरी

झाँक्रीलाई जहाँबाट गिरफ्तार गरिएको हो त्यहीं पुर्‍याइदिन उनका समर्थकले प्रहरीसमक्ष अडान राखेका छन् । यस विषयमा महानगरीय अपराध महाशाखा मिनभवनमा दुवै पक्षबीच छलफल भइरहेको छ । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ ।

झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।

प्रकाशित : माघ २९, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?