प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकको बहस सकियो, सोमबारदेखि सरकारी पक्षले बहस गर्ने

माघ १८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनकका तर्फबाटका कानुन व्यवसायीहरूको तर्फबाटको बहस सकिएको छ । माघ ४ गतेदेखि सुरु भएको निरन्तर बहस १३ दिनमा निवेदकका तर्फबाट सकिएको हो ।

१३ रिट निवेदककातर्फबाट संवैधानिक इजलासमा करिब ७० कानुन व्यवसायीले बहस गरेका थिए ।  रिट निवेदकका तर्फबाट २ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका थिए । 

रिट निवेदककातर्फको बहस सकिएपछि सोमबारदेखि विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाटका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । 

महान्यायाधीवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री ओलीकोतर्फबाट निजी वकिलहरूले बहस गर्नेछन् ।

संसद् विघटन

कान्तिपुर

Link copied successfully