कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राष्ट्रघाती कदमलाई अदालतले स्वीकार्नु हुँदैन : रामचन्द्र पौडैल

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रतिनिधिसभा विघटनलाई अदालतले स्वीकार गर्न नहुने बताएका छन् । अदालतले जनताकाे भावनाको कदर गर्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने पाैडेलले बताएका हुन् ।

राष्ट्रघाती कदमलाई अदालतले स्वीकार्नु हुँदैन : रामचन्द्र पौडैल

काठमाडाै‌ंमा बिहीबार आयोजित एक कार्यक्रममा बाेल्दै नेता पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लाेकतन्त्रमाथि प्रहार गरेको बताए । 'ओलीको हुकुमी शासन स्वीकार्य छैन्', वरिष्ठ नेता पाैडेलले भने, 'संसद् विघटन लोकतन्त्र विरोधी कदम हाे । यो संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि हाे ।'

वर्तमान सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए । 'सरकार बनाउन नसकेमात्र अर्को प्रतिनिधिसभा आउँछ । सरकार दिन सकेसम्म प्रतिनिधिसभा भंग हुन्न,' पौडेलले भने ।

अहिलेको सरकारले विग्रहको बाटो समाएर नेपाललाई विग्रहको भूमि बनाउने काम भएको उनले आरोप लगाए । 'अब चुनाव होला र मौका मिल्छ । कर्सीमा हामी पुगिन्छ भन्नेमा छैनाैं,' पौडेलले भने,' देशलाई के हुन्छ भन्ने हाम्रो चिन्ता हो । अस्थितरता भए मुलक पछाडि धकेलिन्छ । हामीले कुर्सीको लागि मात्र राजनीति गरेको हैन ।'

प्रकाशित : माघ ८, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?