कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालुवाटारमा बुझायो दाहाल–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ ।

बालुवाटारमा बुझायो दाहाल–नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र

माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास छिर्ने गेटबाट नै आफूहरुले पत्र बुझाएर फर्केको ढकालले बताए । 'हामी त्यहाँ पुग्यौं र यस्तो खालको पत्र बुझाउन आएका हौ भन्यौं । गेटमा बस्ने सुरक्षाकर्मीलेभित्र सोध्नुभयो पत्र बुझ्न के गर्ने भनेर । भित्रबाट बुझ्नुस् भन्ने आदेश आएपछि पत्र त्यहि बुझाएर फर्कियौं,' ढकालले कान्तिपुरसित भने ।

प्रकाशित : माघ ५, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?