१० महिनापछि खुले उपत्यकाका विद्यालय

माघ ४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयदेखि अनलाइन कक्षामा पढ्दै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालयमै उपस्थित हुन थालेका छन् ।

कोरोना महामारीका कारण लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो ।

मुलुकका ग्रामिण र सहरी क्षेत्रका विद्यालय भने पुसबाटै खुलेपनि उपत्यकाका विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्दै आएका थिए । उपत्यकाका स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरै विद्यालय आइतबारदेखि खुलेको हुन् । 

करिब १० महिनापछि खुलेका विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छ । विद्यालयमा अनिवार्य मास्क गराइएको छ । विद्यार्थीहरुका तापक्रम जाँच गर्नेदेखि कक्षा कोठामा भौतिकदुरी कायम गरेर पठनपाठन गराउने अभ्यासलाई पनि विद्यालयले पछ्याएका छन् ।  

अनलाइन कक्षामै खुम्चिएका विद्यार्थीहरु विद्यालय आउँदा खुशी देखिन्छन् । 'करिब १० महिनापछि विद्यालय आउँदा विद्यार्थी हर्षित छन् । अभिभावक पनि हर्षित नै भएर विद्यार्थी पठाइरहेका छन्,'निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बताए,'विद्यालय आलोपालो सिस्टममा पनि सञ्चालनमा आएका छन् ।'

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully