१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ — भारतको तीनदिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका थिए ।

ज्ञवालीले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास गरे पनि सफल भएन । त्यसअघि मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे भने शनिबार नै नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ३, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?