२४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ७३१ जना कोरोनामुक्त

पुस १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ७३१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully