उपत्यकामा २४ घण्टामा थपिए २७९ कोरोना संक्रमित

पुस १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।

काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । 

देशभर शुक्रबार संक्रमित पुष्टि हुनेमा ६०८ रहेका छन् भने ९ को मृत्यु भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully