कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ७४३ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५५ हजार ९७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

२४ घण्टामा ७४३ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ९० हजार ७४० छ । देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ छ । २४ घण्टामा ६ हजार ५५९ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४०९ रहेको छ ।

त्यसैगरी २४ घण्टामा ९ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४६ हजार ६६१ जना घर फर्किसकेका छन् ।

२४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।

प्रकाशित : पुस ८, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?