सरकारद्वारा बेलायतबाट आउनेलाई प्रवेशमा रोक

पुस ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै  मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । 

वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए ।

यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर/गन्तव्य जान पनि अनुरोध गरेको छ। 

यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहेका सबैलाई अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर गन्तव्य जान पनि सरकारले अनुरोध गरेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully