काठमाडौँ — उपत्यकामा ३ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५ हजार १ सय ८१ पीसीआर परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा १ सय ५० महिला र १ सय ९८ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर भने ८ सय ३० जना संक्रमित भेटिएका छन् । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।
