२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ४ सय ४ कोरोना संक्रमित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ४ सय ४ कोरोना संक्रमित

काठमाडौंमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार देशभर १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?