कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

उपत्यकामा २४ घण्टामा थपिए ९४७ जना कोरोना संक्रमित 

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष रहेका छन् ।

उपत्यकामा २४ घण्टामा थपिए ९४७ जना कोरोना संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा १ हजार ७९० जना रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् ।

प्रकाशित : मंसिर ९, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?