कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?