पछिल्लो २४ घण्टामा थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घण्टामा थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षणहरु गरिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

लालप्रसाद शर्मा

पोखरा — पोखरामा सोमबार ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×