कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं जिल्लामा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।

यस्तै, काठमाडौंमा १२ हजार ४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २२ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर २ हजार १०३ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घन्टामा बिहीबार २ हजार ८५८ जना कोरोनाबाट मुक्त भएका छन् ।

प्रकाशित : मंसिर ४, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?