२४ घण्टामा ३ हजार ५३८ कोरोनामुक्त, १२ को मृत्यु

मंसिर ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको १ लाख ८२ हजार ७८० संख्या पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट १ हजार २५९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully