तेह्रथुमका कोरोना संक्रमितको बीपी प्रतिष्ठानमा मृत्यु

आश्विन १९, २०७७

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत तेह्रथुमका कोरोना संक्रमित युवाको सोमबार मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. अशिष श्रेष्ठका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ का ३१ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको हो ।

ती युवाको सोमबार बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएपनि प्रतिष्ठानले भने साँझ मात्र औपचारिक जानकारी दिएको हो । डा. श्रेष्ठका अनुसार मृतकलाई मृगौलाको गम्भीर समस्या थियो भने मेटाबोलिक एसिडोसिस पनि भएको थियो । 

प्रतिष्ठानको मेडिसिन वार्डमा उपचार गरिररहेको अवस्थामा ती युवाको पीसीआर जाँच गर्दा आइतबार कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

सोमबार नै प्रतिष्ठानको कोरोना अस्पतालमा धरान १५ बाझगरा बस्ने ५५ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । तेह्रथुमका युवासहित प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४० पुगेको प्रवक्ता श्रेष्ठले बताए ।

कोरोना भाइरस

Link copied successfully