सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर : बिजु महर्जन/कान्तिपुर

बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको पनि प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । त्यस्तै बुधबार दिउँसोसम्म नेपालका संक्रमण पुष्टि भएकामध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् ।

त्यस्तै, कोरोनाबाट अहिलेसम्म ४ सय ३६ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६७ हजार ८ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ६ पुरुष र १ जना महिला रहेको बताए ।

मृतकमा काठमाडौँका ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष रहेका छन् ।

मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४३६ पुगेको छ ।

देशभर पछिल्लो २४ घन्टामा ११ सय ७२ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १८ सय ९३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : आश्विन ७, २०७७ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×