बीपी प्रतिष्ठानमा सिरहाका कोरोना संक्रमित पुरुषको मुत्यु

आश्विन ७, २०७७

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहाका ५० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

उपचारको क्रममा मृत्यु भएका संक्रमितको संख्यो योसहित ३१ जना पुगेको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भदौ ६ गते भर्ना भएका सिरहाको औरी ३ का संक्रमित पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार मस्तिष्क पक्षघात भएर मृगी रोगको लक्षण देखिएपछि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानमा रिफर गरेको थियो ।

मृतक पुरुषको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रवक्ता सापकोटाले बताए ।

कोरोना भाइरस

Link copied successfully